Welcome to Employer led labour Market Secretariat!

01-5361022

Inn-Keeper Level 2 Employer FGD & Expert Worker Workshop

होटेल संघ नेपाललाई ईयलयम यस परियोजनाको अध्यक्षता

Establishing an Employer led Labour Market Secretariat परियोजनाले यहि असोज ६ गते होटेल एयरपोर्टमा आफ्नो पाँचौ बोर्ड बैठक सम्पन्न गरेको छ। सो बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, निर्माण व्यवसायी महासंघ र होटेल संघ नेपालका अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारीहरु सहभागी हुनुभएको थियो। बैठकमा नेपाल उद्योग परिसंघका अध्यक्ष श्री विष्णु कुमार अगर्वालले होटेल संघ नेपालकी अध्यक्ष श्री सिर्जना राणाको अनुपस्थितिमा, वरिष्ठ उपाध्यक्ष श्री विनायक शाहलाई परियोजनाको अध्यक्षता हस्तान्तरण गर्नु भएको थियो। ELMS परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्रमा निजी क्षेत्रको माग अनुसारको पेशागत मापदण्ड बनाउने र श्रम बजार सूचना प्रणालीको विकास गर्ने लक्ष्य लिएको र यस परियोजना समग्र निजी क्षेत्रको सोकेस, एक उदाहरणीय नमुनाको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री शेखर गोल्छाले बनाउनु भएको थियो। त्यस्तै गरि बैठकमा आफ्नो सफल कर्यकालको लागि धन्यवाद ज्ञापन गर्दै, श्रम बजार सुचना प्रणालीको थप अभुमुखीकरण अति आवश्यक रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष श्री विष्णु कुमार अगर्वालले बनाउनु भएको थियो। त्यस्तै गरि वहाले नवनियुक्त परियोजनाका अध्यक्ष होटेल संघ नेपाललाई हस्तान्तरण गर्दै सफल कार्यकालको लागि शुभकामना दिदै, परियोजनाको कार्यसम्पादनमा थप प्रतिवद्ध रहेको जानकारी दिनु भएको थियो। बैठकमा घरेलु तथा साना उद्योग महांसघका कार्यकारी अध्यक्ष श्री उमेश प्रसाद सिंहले नेपालको पाँच रोजगारदाताको छाता संगठनलाई एउटै पृष्ठभूमिमा ल्याउन ठुलो चुनौती रहेको बताउनु भएको थियो। यसको वावजुत पनि परियोजनाले कार्य सम्पादन गरिरहेकोमा खुशी व्यक्त गर्नु भएको थियो। निर्माण व्यवसायी महासंघका अध्यक्ष श्री रबि सिंहले पनि परियोजनाका यी पाँच प्रमुख छाता रोजगारदाता संघहरुलाई एक्यवद्ध रुपमा समेटेर एक उद्देश्यमा क्रियाशील रुपमा सक्रिय हुन सहयोग गरेको परियोजनाका दात्रि निकाय युरोपियन युनियनलाई विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो। वहाले परियोजना पश्चात् पनि यी पाँच संस्थाले यस परियोजनालाई अगाडी बढाउन सक्ने क्षमता रहेको विश्वास लिएको बताउनु भएको थियो। होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष श्री विनायक शाहले परियोजनाको अध्यक्षता ग्रहण गर्ने अवसर प्रदान गरेको धन्यवाद व्यक्त गर्नु भएको थियो। करिव कूल बजेटको २४ प्रतिशत खर्च गर्न सफल भएको यस परियोजनालाई निरन्तरता दिनुपर्ने वहाले बताउनु भएको थियो। रोजगारदाता र श्रम बीचको दुरी कम गर्न यस परियोजनाले उल्लेख्य योगदान पुर्याउनु सक्ने कुरा समग्र बोर्डका सदस्यहरुले बताउनु भएको थियो।

ir

10th Project Coordination Committee (PCC) Meeting

The informal Project Coordination Committee (PCC) Meeting

9th Project Coordination Committee (PCC) Meeting

DACUM facilitator and co facilitator

2nd Technical Advisory Committee Meeting

4th Board Meeting

LMI survey orientation

Province Consultant Orientation